सिन्धुपाल्चोक पुनःनिर्माणका लागि कार्यालय प्रमुख नियुक्त

काठमाडौँ–वैशाख ११ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वैशाख १२ को भूकम्पले सबै भन्दा बढी मानवीय र भौतिक क्षति पुर्याएको सिन्धुपाल्चोकमा पुनःनिर्माणको समन्वय गर्न कार्यालय प्रमुख तोकेको छ ।bhukampa
प्राधिकरणले पदम अर्याललाई विशेष सम्पर्क कार्यालयमा समन्वयको काम गर्न कार्यालय प्रमुखका रुपमा तोकिएको जानकारी दिएको हो । भूकम्प प्रभावित प्राय सबैजसो जिल्लामा कार्यालय खुलेपनि बढी प्रभावित सिन्धुपाल्चोकमा अझैसम्म प्राधिकरणको समन्वय कार्यालय खुल्न सकेको थिएन । समन्वय कार्यलय खुलेसँगै स्थानीयमा अब पुनःनिर्माणको कामले गति लिन्छ भन्ने विश्वास जागेको छ ।

गत वर्षको भूकम्पले जिल्लामा तीन हजार ५सय ७० को मृत्यु भएको थियो । यस्तै, जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांकले ६५ हजार घर पूर्णरुपमा क्षति भएको देखाएको छ । पीडित अझै पाल र जस्ताको टहरामा बस्न बाध्य छन् । प्राधिकरणले वैशाख १२ बाट जिल्लामा प्रभावकारि रुपमा काम अघि बढाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया