संविधान कार्यान्वयनमा लाग्न पूर्वसभामुख नेम्वाङको आग्रह

काठमाडौं–बैशाख ११  । पूर्व सभामुख सुवाशचन्द्र नेम्वाङले दलहरूलाई एकजुट भई संविधान कार्यान्वयनमा लाग्न आग्रह गर्नुभएको छ । लोकतन्त्र दिवशको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्तिप्रतिष्ठानले आज काठमाडांैमा गरेको कार्यक्रममा नेम्वाङले संविधान कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताउनुभएको हो । उहाँले संविधान कार्यान्वयन गरी देशलाsubhash-newangई आर्थिक विकासमा लैजानु अहिलेको आवश्यकता भएको बताउनुभयो । लोकतन्त्रमा असन्तुष्टि हुनु स्वभाविक भएको भन्दै उहाँले संविधानप्रति रहेका असन्तुष्टि हल गर्दै जानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि दलगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउनुभयो । नेता सिटौलाले संविधान जारी भएको सन्दर्भमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिबीच भइरहेको वाकयुद्ध अनुचित भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता तीर्थराम डंगोललाई जनआन्दोलन स्वर्ण पदक २०७३ बाट सम्मान गरिएको थियो ।

Published On:  358पटक हेरिएको

तपाईको प्रतिक्रिया