पुनर्निर्माणमा गैर-सरकारी संस्थाको भूमिकालाइ सक्रिय पारिने

बैशाख १० । पुनर्निर्माण र पुनस्र्थापनाको लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि,२०७२ स्वीकृत भई कार्यान्वयनमा आइसकेको सन्दर्भमा गैससहरुले खेल्नु पर्ने भूमिका कस्तो हुने र कसरी अगाडि बढ्ने भन्ने बारेमा वहुपक्षीय राष्ट्रिय नीति संवाद कार्यक्रम मंगलबार काठमाण्डौमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।  कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा व्यवस्थापिका संसदका सदस्य गंगालाल तुलाधरले पुनर्निमाण प्राधिकरणलाई निर्वाध रुपमा  काम गर्न आग्रह गर्नुभयो । उहााले जनताको पक्षमा गरिने कुनैपनि गतिविधिमा  सबै राजनीतिक दलहरु  सहमत रहेको पनि स्पष्ट पार्नुभयो । यसैगरी भूकम्प प्रभावित जिल्लाका सांसदहरु  पार्वत गुरुङ, गणेश पहाडी र शेरवहादुर तामाङले भूकम्प प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुले खेलेको भूमिकाको प्रसंसा गर्दे 20160419_155730आगामि दिनमा प्राधिकरण संथग सहकार्य गरेर  अघि बढ्न गैससहरुलाई सुझाव दिनु भयो । सांसदहरुले सार्वजनिक सेवा प्रवाहलाइ प्रभावकारी बनाउदै तत्तकाल सरकारको उपस्थिती जनताले महशुस गनुपर्नेमा जोड दिनु भएको थियो । उहााहरुले बिरोधका नाममा विरोध नागरी प्राधिकरणलाई काम गर्ने मौका दिन र सहयोग पुरयाउन सबै पक्ष सहमभत हुनपर्नेमा जोड दिनुभयो । गैससहरु परिचालनमा महासंघलाइ निश्चित कार्यविधि बनाएर अघि बढ्न समेत सांसदहरुले सुझाब दिनुभयो । कार्यक्रममा अन्तराष्ट्रिय दातृ निकायका प्रतिथनिधिहरुले प्राधिकरणको भूमिका छरितो र जनमुखी हुनुपर्नेमा जोड दिए । उनिहरुले प्राधिकरणलाई दातृ निकायहरु सहयोग गर्न तयार रहेको बताउदै आफुहरुको विस्वासलाइ कायम राख्न आग्रह गरे । नजिकिदो बर्षातको समयलाइ ध्यानमा राखी तत्तकाल पुननिर्माण कार्य सुरु गर्न समेत उनिहरुले सुझाए ।

यसैगरी गैरसरकारी संस्था तथा नागरिक समाजका अगुवाहरुले प्राधिकरणलाइ गैसस मैत्री बाताबरण बनाएर पुन:निर्माण कार्यमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । उनिहरुले गैससको भूमिकालाइ नजर अन्दाज नगर्न र उनिहरुलाइ साझेदारको रुपमा व्यवहार गर्न आग्रह समेत गरे । कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका कायर्ककारी सदस्य डा. विष्णु बहादुर भण्डारीले गैससहरुको पुननिर्माणमा सक्रिय सहभागिता सुनिश्चित गराउन गैरसरकारी संस्था परिचालन कार्यविधि लागु गरिएको  जानकारी दिनु भयो । उहााले कार्यविधि पारित भइसकेकाले अवका दिनमा गैसस परिचालनमा कुनै समस्या नरहने स्पष्ट पार्दे अझै केही कमी कमजोरी रहे संसोधन गर्न सकिने जानकारी गराउनु भयो । उहााले कार्यक्रममा सरोकारवालाहरुले  पुननिर्माण सम्बन्धी बिषयमा उठाएका सवालहरुको जवाफ दिदै महत्वपूर्ण सुझावहरुलाइ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  यसैगरी गैरसरकाी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले  भूकम्प पछिको राहत तथा उद्धार कार्यमा देखि नै गैससहरु परिचालनमा महासंघले सक्रिय भूमिका निर्वाह गर्दे आएको औल्याउदै पुननिर्माणमा पनी आफुहरुको सहकार्य र सहभागीता उत्तिकै ससक्त रहने स्पष्ट पार्नु भयो । उहााले महासंघले वहुपक्षिय संवादका माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय गैससहरु परिचालन र समन्वय गर्न यस प्रकारका संवाद कार्यक्रमहरुलाइ निरन्तरता दिइएको स्पष्ट पार्नु भयो । उहााले प्राधिकरणबाट हालै स्वीकृत भएको भएको गैसस परिचालन सम्बन्धी कार्यविधिमा महासंघको सक्रिय भूमिकालाइ सुनिश्चित गर्न केही संसोधनको आवश्यकता रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया