विश्व पृथ्वी दिवस मनाईंदै

काठमाडौं–वैशाख १० । पृथ्वीको संरक्षणमा जोड दिँन आह्वान गर्दै विश्व पृथ्वी दिवस मनाईंदै छ । पर्यावरणको प्रशंसा र जागरुगतालाई प्रेरित गर्ने उदेश्यले यो दिवस मनाउन थालिएको हो ।
पृथ्वी दिवस हरेक वर्ष विश्वका १ सय ९२ राष्ट्रमा एकैसाथ मनाइन्छ । सबैभन्दा पहिले सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पृथ्वी दिवस मनाउन सुरु गरेको थियो । सन् २००९ मा राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि संसारभर यो दिवसले विस्ता पाएको हो । पृथ्वीमा बढ्दै गएको समस्या समाधान र न्यूनीकरण गर्न मानिसलाई प्रेरित गर्नु दिवसको उदेश्य रहेको छ ।

पृथ्वीको संरक्षणमा ध्यान नदिँदा प्राकृतिक विपदका घटना बढ्दै गएको भन्दै वातावरणविदले सेचत र संवेदनशिल बन्न सुझाब दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया