काठमाडौं–बैशाख ९ । सरकारले आजदेखि सुनौला एक हजार दिन अभियानको सुरुवात गरेको छ । काठमाडौंमा भएको एक कार्यक्रमबाट महिला गर्भवती भएदेखी बच्चाको दोश्रो जन्मदिनसम्मको अबधिसम्म आमा र बच्चाको स्वास्थ्यको लागि अपनाउनुपर्ने ख्याललाई लक्षित गरी सुनौला एक हजार दिन अभियान घोषणा गरेको हो । यो अवधिमा बालबालिकाको स्वास्थ्य र समृद्ध भविष्य निर्धारणको लागि महत्वपूर्ण भूमिका निर्धारण गर्ने भएकाले यो अबधीलाई सुनौला एक हजार दिन नामाकरण गरिएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्री रामजनम चौधरीले अझै पनि कम उमेरमै विवाह गर्ने र बच्चा पाउने प्रवृत्ति रहेकाले त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो ।