काठमाडौं– बैशाख ९ । सूचना तथा संचारमन्त्री शेरधनराईले सरकारलाई जवाफदेही र उक्तरदायी बनाउन संचार माध्यमको प्रमुख भूमिका रहेको बताउनुभएको छ । काठमाडौंमा आज भएको सामुदायिक रेडियोको महाभूकम्पमा भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बौल्दै मन्त्री राईले खबरदारी गर्न सञ्चार माध्यमको महत्वपूर्ण भुमीका रहेको बताउनुभयो । राईले विश्वसनीय सूचना र खवरदारीको माध्यमबाट संचार माध्यमले सरकार र समुदायलाई थप जवाफदेही बनाउन सहयोग गर्ने बताउनु भएको हो । त्यस्तै, मन्त्री राईले संचार माध्यमलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले काम गरिरहेको समेत जानकारी गराउनुभयो । सरकार लोककल्याणकारी विज्ञापनलाई दोव्वर बनाउन सरकार लागि परेको धारणा समेत मन्त्री राईले राख्नुभयो ।