निजी विद्यालयको शुल्क तोक्न विद्यार्थी संगठनको माग

काठमाडौं, बैशाख ९ । विद्यार्थी संगठनहरुको संयुक्त बैठकले निजि विद्यालयहरुले लिदै आएको मनोमानि शुल्क तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ । बिहिबार बिहान नेविसंघको केन्द्रयि कार्यलupयमा बसेको बैठकले निजी विद्यालयले अभिवाहकको ढाड सक्ने गरी रकम असुलेको भन्दै सरकारलाई शुल्क निर्धारण गर्न माग गरेको हो । यस्तै, बैठकले गत वैशाख ६ गते सरकारले विद्यार्थी संगठनसँग गरेको १० बुँदे सहमति कडाईका साथ लागू गराउन सबै संगठनका तर्फबाट एक एक जना प्रतिनिधि रहने कायदल निर्माण समेत निर्माण गरेको छ ।  उक्त कायदलले दिएको प्रतिवेदन का आधारमा आन्दोलनका कायक्रम तय गरिने निर्णय  भएको नेविसंघका प्रवक्ता गरेको युपी लामीछानेले जानकारी दिनुभया । बैठकले मुलुकमा व्याप्त कालोबजारी तत्काल अन्त गर्न सरकारलाई अपिल गर्ने र सरकारले बेवास्ता गरे आगामीे आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया