ठूलो परिणाममा तस्करीको सुपारी बरामद

बारा–बैशाख ९ । भारत लैजान तयारी अवस्थामा राखिएको ठूलो परिमाणमा सुपारी बरामद भएको छ । प्रहरीले मटिअर्वा नाकाबाट बुधबार राति ठूलो परिणामा सुपारी बरामद गरेको हो । मटिअर्वा (९ का बृजकिशोर साहले प्रयोग गर्दै आएको गोठबाट अञ्चल प्रहरी कार्यालय वीरगन्ज र बारा प्रहरीको संयुक्त टोलीले एक सय १३ क्विन्टल (एक हजार तीन सय किलो) सुपाहरी बरामद गरेको बारा प्रहरीले बताएको छ । मटिअर्वा गाउँका स्थानीय बासिन्दा रहेको बृजकिशोर साहले कहाँबाट सुपारीलाई ल्याएर गोठमा राखेकोबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Published On:  306पटक हेरिएको

तपाईको प्रतिक्रिया