यार्साले लियो ज्यान

मनाङ– ८ वैशाख । यार्सा टिप्न गएका लमजुङ बाँझाखेत गाविस– ९ का ३० वर्षीय पूर्णबहादुर गुरुङको भिरबाट लडेको ढुंगाले लागेर मृत्यु भएको छ ।
हिमालपारिको जिल्ला मनाङको ज्यादै विकट मानिने नार गाविसमा यार्सा टिप्न जाँदा माथिबाट आएको ढुङ्गाले लागेर उनको मृत्यु भएको हो । सदरमुकाम चामेदेखि झन्डै १० घन्टाको विकट बस्ती भएकाले शव सदरमुकाम ल्याउन समस्या भएपछि स्थानीय परम्परानुसार नार गाविसको खोलामा अन्तिम संस्कारको प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ ।हेरक बर्ष जसो यार्साले सर्वसाधारणको ज्यान लिने गरेको छ ।

Published On:  475पटक हेरिएको

तपाईको प्रतिक्रिया