मनाङ मर्स्याङदी मनकामना पोखरा कपको फाइनलमा

पोखरा–वैशाख ८ । लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लब पोखरामा जारी पांचौ मनकामना पोखरा कपको फाइनलमा पुगेको छ । बुधवारको खेलमा विभागीय टीम शसस्त्रको एपीएफलाई ५–० गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।
मनाङका लागि टीम क्याप्टेन अनिल गुरुङले खेलको ३२ औ मिनेटमा पहिलो गोल गरेका थिए । अफेज ओलावाले खेलको ४०, ४६ र ५० औ मिनटमा लगातार तीन गोल गरे । खेलको ७६ औ मिनेटमा रवि पास्वानले पांचौ गोल गरेका थिए । खेलमा ह्याट्रिक गर्न सफल अफेज ओलावाले म्यान अफ दी म्याच घोषित भए । खेलमा बिभागिय टीम एपी एफको तर्फबाट कुनै गोल हुन सकेन । बुधवारको बिजेता मनाङ मस्र्याङदी क्लवले बिहीबार हुने धरान फुटवल क्लव र त्रिभुवन आर्मी बीचको बिजेता संग उपाधीकालागि शनिवार प्रतिस्पर्धा गर्नेछ ।
मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अघिल्लो खेलको गल्तीलाई सुधार गरेर बुधवारको खेल खेल्दा नतिजा राम्रो भएको वताए । बुधवारको खेलमा खेलमा बिपक्षीलाई दवावमा पारेकै कारण वढी गोल गर्न सफल भएको उनको भनाइ थियो । उपाधीका लागी पनि बुधवार भएका कमजोरीलाइ सुधार गरेर खेल्ने गुरुङले वताए । त्यस्तै, एपिएफका प्रशिक्षक जनक सिंङले आफ्नो टीम राम्रो भएतापनि बुधवार राम्रो खेल खेल्न नसकेको स्विकार र्गुभएको थियो ।

तपाईको प्रतिक्रिया