एजेन्सी, वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका युरोपेली नेताहरुबीच आगामी सोमबार जर्मनीको ह्यानओभरमा अनौपचारिक भेट हुने भएको छ ।
अमेरिकी राष्ट्रपति ओबामा, फ्रेन्च राष्ट्रपति फ्रास्वा अलान्द, जर्मन चान्सलर एन्जेला मर्केल, इटालीयन प्रधानमन्त्री भटेओरेन्जी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीच अनौपचारिक भेट हुन लागेको फ्रान्सस्थित राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार राष्ट्रपति ओबामा, अलान्द, जर्मन चान्सलर मर्केल, इटालीका प्रधानमन्त्री मटेओ रेन्जी र बेलायती प्रधानमन्त्री क्यामरुनबीचको भेटवार्ता इस्लामिक स्टेट ९आइएस०अतिवादी समूहको विश्वव्यापी आक्रमणका कारण आएको समस्या समाधानमा केन्द्रित हुने विश्वास गरिएको छ ।
भेटमा सिरियामा जारी गृहयुद्ध अन्त्य गर्न र मध्यपूर्वी मुलुकबाट जीवन रक्षाका लागि आप्रवासी शरणार्थीका रुपमा जीवन बिताउन बाध्य लाखौँ शरणार्थीको समस्यामा बोर समेत छलफल हुने अपेक्षा गरिएको छ ।