मधेश समस्या तत्कालै समाधान हुनुपर्छ : पौडेल

काठमाडौं–बैशाख ८ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेश समस्याको तत्कालै छिनोफानो गर्न सरकारसँग माग गर्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेश समस्या समाधान नभए संविधान कार्यान्वयनमा जटिलता आउने भन्दै सरकारले समस्या सुल्झाउन अग्रसरता लिनुपर्ने बताउनुभएको हो । उहाँले पछिल्लो समय सरकारले आफ्नो गति छोडेर एकलौटी ढङ्गले काम गदै गएको आरोप पनि लगाउनुभयो । वरिष्ठ नेता पौडेलले राजदूत सिफारिसमा सरकारले शक्तिको दुरूपयोग गरेकोसमेत आरोप लगाउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता भीम आचार्यले कांग्रेसले संविधान कार्यान्वयनभन्दा सत्ता परिवर्तनको खेलमा बढी चासो दिएको टिप्पणी गर्नुभयो । नेता आचार्यले मधेश आन्दोलनका जायज माग पूरा गर्न सरकार तयार भएपनि गलत मुद्दा सम्बोधन नहुने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया