२१ देशमा राजदुत सिफारिस, असोज ३ राष्ट्रिय पर्व

काठमाडौं– बैशाख ७ । सत्तारुढ दलको बिवादकाबीच सरकारले २१ मुलुकका लागि राजदूत नियुक्तीको सिफारिस गरेको छ । vlcsnap-2016-04-19-21h21m45s629

बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दलीय भागवण्डामा राजदूत सिफारिसको निर्णय गरेको हो । सिफारिस हुनेमा राजनीतिक दलबाट १०, परराष्ट्र मन्त्रालयका कर्मचारीबाट ८ र केही प्राध्यापक छन् । राजदूतका लागि सिफारिस हुनेमा चीनका लागि महेन्द्रबहादुर पाण्डे, दक्षिण कोरियाका लागि युवराज कार्की, इजरायलका लागि शिवमाया तुम्बाहाम्फे र श्रीलंकाका लागि नारद वाग्ले हुनुहुन्छ । vlcsnap-2016-04-19-21h23m37s044

त्यस्तै, कतारका लागि डाक्टर महेन्द्रबहादुर सिंह, अष्ट्रेलियाका लागि लक्की शेर्पा, रसियाका लागि निरन्जन थापा सिफारिसमा पर्नुभएको छ । त्यसैगरी, दुवसु क्षेत्री बेलायत, प्रकाश सुवेदी अष्ट्रिया, रमेशप्रसाद खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।

त्यस्तै, बंगलादेशका लागि खगेन्द्र बस्नेत, यूएईका लागि भरतबहादुर रायमाझी, म्यानमारका लागि ऋषिराम घिमिरे, बहराइनका लागि पदम सुन्दास र ब्राजिलका लागि ताराप्रसाद पोख्रेल सिफारिसमा पर्नुभएको छ । डेनमार्कका लागि युगनाथ लम्साल, जापानका लागि खड्क केसी, समेत सिफारिसमा हुनुहुन्छ । त्यस्तै, सरकारले संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार आजीवन भत्ता दिने पनि निर्णय गरेको छ । त्यसैगरी, सरकारले भूकम्पप्रभावित १९ तथा डडेलधुरा र दैलेखमा काठ पैदावारका लागि जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन तथा निवार्चन ऐनसम्बन्धी आवश्यक कानुन बनाउने बाटो खुला गरिदिएको छ ।

मन्त्रिपरिषदले राजपत्र अनंकित विशिष्ट श्रेणी तथा प्रथम श्रेणीका कर्मचारीको बढुवा सरुवा तथा पदस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया