सरकार ढाल्ने खेलमा नलाग्न नेता नेपालको आग्रह

बैशाख ७ । एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढाल्ने खेलमा नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । आज रौतहटको चन्द्रनिगाहपुरमा आयोजित साइकल बितरण कार्यक्रममा नेता नेपालले एउटा 11सरकार ढालेर अर्कोको बनाउने धन्दामा नलाग्न दलहरुलाई आग्रह गर्नुभयो । नेता नेपालले संविधानमा भएका अधिकारबारेमा मधेसी, जनजाति, मुस्लिम, दलित सबैले अध्ययन गर्नु पर्ने बताउनुभयो । उहाँले कागले कान लग्यो भन्दैमा संविधान नै नपढि कागको पछि दौडिन नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया