संविधान जारी हुनुपनि ठूलै उपलब्धि हो : भट्टराई

काठमाडौं–बैशाख ७ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधानसभाबाट संविधान घोषणा हुन पनि आफैमा ठूलो उपलब्धि भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै  भट्टराईले संविधान घोषणा हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै  संविधानलाई माbaburam-bhattarai_12न्दिन भन्दै हिड्नु सान्र्दभिक नभएको बताउनुभयो । भट्राईले संविधान घोषणासागै मुलुक अब आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको दावि समेत गर्नुभयो । मधेसमा आन्दोलनको तयारीमा रहेका दललाई भट्टराईले विगतको नाकाबन्दी र हडतालले आर्थिक, सामाजिक र राजनीतिक रुपमा थिलथिलो भएकाले अब त्यस्ता आन्दोलन नगर्न भट्राईले मधेशवादी दलहरूलाई सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया