राष्ट्रिय एकता, आजको आवश्यकता

काठमाडौं–बैशाख ७ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा मन्त्री पोAnanda-Pokharelखरेलले विभिन्न धर्म,संस्कृति र जातजातीका जनताबीच एकता हुनुपर्ने धारणा राख्नुभएको । नेपाल जैन परिषद्ले आज काठमाडौमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले हो । पोखरेलले विधतामा एकता नेपाली समाजको विशेषता भएकाले सबै धर्म,संस्कृति र जातजातीबीच एकता हुनुपर्ने बताउनुभयो । उहाँले फरक प्रसङ्गमा सवै धर्म र जातजातीका समुदायलाई राष्ट्रिय विदा दिन असम्भव हुने भएकाले सम्वन्धित समुदायको पर्वको लागि सम्वन्धित समुदायलाई मात्र सार्वजनिक विदा दिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । धर्म,संस्कृतिले समाजलाई परिर्वतन र विकास गर्न अहम भूमिका खेल्ने धारणा मन्त्री पोखरेलले राख्नुभयो ।

तपाईको प्रतिक्रिया