पारसको सतक, नेपालको सनसनिपूर्ण जित

काठमाडौं–बैशाख ६ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो चरणको दुबै खेलमा नेपाल विजयी भएको छ ।

Nepali cricket players celebrate during their game against Namibia during the ICC World Cricket League Championship at the Tribhuvan University ground, Kirtipur, on Monday, April 18, 2016. Photo: RSS

कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिबियाबिरुद्ध सोमबार दोस्रो जित हात पारेको हो । नेपालले नामिबियालाई ३ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले ५ विकेटको जीत हात पारेको थियो ।

Nepal cricket captain Paras Khadka plays a shot during the ICC Twenty20 World Cup sixth qualifying cricket match between Bangladesh and Nepal at the Zohur Ahmed Chowdhury Stadium in Chittagong on March 18, 2014. AFP PHOTO/Munir uz ZAMAN (Photo credit should read MUNIR UZ ZAMAN/AFP/Getty Images)

कप्तान पारस खड्काको कप्तानी पारीको सहयोगमा नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टाएको थियो । पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले । यस्तै, तेस्रो नम्बरमा आएका ब्याट्सम्यान शरद भेषवाकरले पनि ७७ रनको अविजित योगदान गरे । उनले १०७ बलमा ६ चौका प्रहार गरे ।
सुरुवाती ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल २२ र नरेश बुढायर ६ पेविलियन फर्किएपछि आएका शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जीत सुनिश्चित भएको थियो । नेपालका लागि राजेश पुलामीले १ रनमात्र जोड्न सके भने विनोद भण्डारीले १२ रनको अविजित पारी सम्हाले ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउादै २३९ रनको योगफल तयार पार्‍यो । नामिबियाका लागि ओपनर कप्तान स्टेफल बार्डले ५१ र जेन ग्रिनले ४७ रन बनाए । यस्तै, सरेल बर्गरले पनि ४३ रनको अविजित पारी खेलेका थिए । बलिङतर्फ नेपालका स्पिनरहरु शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले २\२ विकेट लिए । नामिबियाका तीन ब्याट्सम्यान रनआउट भएका थिए ।

तपाईको प्रतिक्रिया