निमालाई काश्य

एजेन्सी–बैशाख ६ । फिलिपिन्सको मनिलामा आयोजित रियो ओलम्पिकका लागि एसियाली राष्ट्रको तेक्वान्दो छनोटमा निमा गुरुङ्गले काश्य पदक जितेकिछिन् ।

काश्य जितेपनि उनी आसन्न ओलम्पिक छनोटमा भने पर्न सकिनन । सेमिफाइनलमा उनी ईरानकी जेनोरिम किनीयासंग पराजित भएकी थिइन् । निमाले सहभागिता जनाएको महिला ५७ किलो तौल समुहमा अलीजादेह जेनोरिम किनीया र थाइल्यान्डकी हाइसुजीन पानापा छनोट हुन सफल भए । निमा १२ औ दक्षिण एसियाली खेलकुदकी रजत विजेता खेलाडी हुन् ।
छनोट प्रतियोगितामा नेपालबाट महिला ६७ किलो भन्दा माथिको समुहमा निशा रावलले सहभागिता जनाएकी थिइन् । यसैगरी, पुरुष ५८ किलोमा रन्जन श्रेष्ठ तथा ६८ किलोमा बिर बहादुर महराले सहभागिता जनाएपनि उपाधि हात पार्न सकेनन ।

तपाईको प्रतिक्रिया