बर्षात अगावै पीडितलाई अस्थायी बसोबास

काठमाडौँ–वैशाख ६ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितका लागि पुनः निर्माण महाअभियानको कार्यक्रमसँगै चाँडै अस्थायी बसोबासको व्यवस्था गरिने बताउनुभएको छ ।sakti
काठमाडौंमा भएको साक्षात्कारमा गृहमन्त्री बस्नेतले पुनः निर्माणको कार्यक्रम सम्पन्न गर्न चार वर्षसम्म लाग्ने भएकाले बर्षात सुरु हुनुअगावै पीडितलाई अस्थायी बसोबासको व्यवस्था गरिने आश्वसन दिनुभएको हो । संविधान परिवर्तनशील र अग्रगामी भएको भन्दै उहाँले मधेसवादी दलक केही माग भए सहमतिकै आधारमा टुङ्ग्याउन सकिने बताउनुभयो । आन्दोलतरत समूहलाई छलफल, संवाद र अन्तरक्रियामा सहभागी भई समस्याको समाधान खोज्न मन्त्री बस्नेतको आग्रह थियो ।
सङ्घीयता बमोजिम आन्तरिक सुरक्षासम्बन्धी कानुन तर्जुृमा भइसकेको जानकारी दिँदै गृहमन्त्री बस्नेतले सोही बमोजिम गृह प्रशासन र सुरक्षा निकायको पुनःसंरचना गरिने बताउनुभएको थियो ।

Published On:  376पटक हेरिएको

तपाईको प्रतिक्रिया