मापदण्ड नमान्ने चिकित्सालयको दर्ता खारेजको तयारी

काठमाडौँ–वैशाख ६  । सरकारले निर्धारित मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गर्ने तयारी थालेको छ ।
आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको हो ।

कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता अनावश्यक प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभागका महानिर्देशक डा। टेकराज पन्थीले बताउनुभयो।

विभागले सामान्य क्लिनिक, पोलिक्लिनिक र अस्पताल सञ्चालनका लागि निश्चित पूर्वाधार तोकेर मापदण्ड लागु गर्न भनेको छ ।

पोलिक्लिनिक तथा अस्पताल सञ्चालनका लागि योग, प्रयोगशाला, एक्स–रे, होमियोपेथिक, अकुपंचरलगायतको व्यवस्था अनिवार्य गरिएको र अनुगमनका क्रममा त्यस्तो नपाइएमा विभागले केही समय उपलब्ध गराएर सो अवधिमा ुमेत सुधार नभए दण्ड तोक्ने र दर्ता खारेजीसम्म गर्नसक्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया