मधेशी मोर्चाद्वारा २६ बुँदे साझा धारणा तयार

काठमाडौ–बैशाख ६। मधेसी मोर्चा आबद्ध सात दलसहित जनजाति दलहरू मिलेर गठित संघीय गठबन्धनले २६ बुँदे साझा माग राखेको छ । साझा अवधारणापत्रका आधारमा अबको आन्दोलन अघि बढ्ने, सरकारलाई पनि औपचारिक रूपमा पत्र बुझाइने मोर्चाले जानकारी बताएको छ । यसअघि मधेसी मोर्चाले मधेस आन्दोलनकै बीच कात्तिक १५ गते सरकारी वार्ता टोलीलाई ११ बुँदे मागपत्र बुझाएको थियो । पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको सहमति, मधेस विद्रोहको समयमा भएको २२ बुँदे र ८ बुँदे जस्ता थुप्रै सम्झौता उल्लंघन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया