सरकारमा जान हतार छैन : प्रकाशमान सिंह

काठमाडौं–बैशाख ६ । नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले कांग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ४७ औं स्थापना दिवशको अवसरमाprakash-man-sing1 काठमाडौमा भएको कार्यक्रममा नेता सिंहले नेपाली कांग्रेसको प्राथमिकता सरकार नभई संविधान कार्यान्वयन भएकाले कांग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताउनुभएको हो । उहाँले संविधान कार्यान्वयनको लागि कांग्रेसले प्रतिपक्षमै बसेर सकारात्मक भूमिका खेल्ने बताउनुभयो । नेता सिंहले पार्टीभित्रको आन्तरिक किचलोका कारण भातृसंगठनको अधिवेशन हुन नसकेको भन्दै अव छिट्टै अधिवेशन हुने दावी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया