अधिवक्ता फुयाँल महान्यायाधीवक्तामा सिफारिस

काठमाडौँ–बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता पदका लागि अधिवक्ता हरि फुयाँलको नाम सिफारिस गर्नुभएकोे छ ।1460894335HariPhuyal

सरकारको कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधीवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले सिफारिस गर्नुभएको हो । यसअघिका महान्यायाधीवक्ता हरिकृष्ण कार्की सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि उक्त पद रिक्त भएको छ । फौजदारी न्याय प्रणाली र मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गर्नुभएका फुयाँल २५ वर्षदेखि कानुन व्यवसायीका रुपमा क्रियाशील छन् । उहाँसँग संयुक्त राष्ट्रसङ्घमा काम गरेको अनुभव समेत छ ।
मोरङको राजघाट गाविसमा विसं २०२७ मा जन्मिनुभएका फुयाँलले मोरङकै जनसेवा माविबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । धरानको महेन्द्र क्याम्पसबाट आइएल, नेपाल ल क्याम्पस, काठमाडौँबाट विएल तथा भारतको नेशनल ल स्कुल, बैङ्लोरबाट एलएलएम गर्नुभएको थियो । त्यस्तै, दोश्रो एलएलएम बेलायतबाट गर्नुभएको छ ।

Published On:  379पटक हेरिएको

तपाईको प्रतिक्रिया