वागमती अञ्चलको सवारी कर बुझाउन विशेष सुविधा

काठमाडौँ–बैशाख ५ । यातायात व्यवस्था कार्यालयले नयाँ वर्ष–२०७३ को अवसर पारेर साना ठूला सबै वागमती अञ्चलका सवारीले एउटै लाइनबाट कर बुझाउन सक्ने व्यवस्थाको सुरुवात गरेको छ । kar
कार्यालयले विभिन्न चार ठाउँमा लाइनमा बस्दा सेवाग्राहीले झण्झट बेहोर्नु परेको तथा विभिन्न बहानामा दलालले बढी पैसा असुलेको गुनासो बढेपछि एकै ठाउँबाट सवारी कर वितरणको व्यवस्था मिलाएको हो । यसअघि कर यकिन  गर्न,  रसिद काट्न र बिलबुक प्रमाणित गर्न विभिन्न चार स्थानमा लाइन बस्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार अब बैंक काउन्टरमा एकपटक लाइन बसेपछि सेवाग्राहीको सबै सुविधा एकै ठाउँबाट पाउनेछन ।
यातायातमा कर्मचारीले दुःख दिन्छन् भन्ने गलत सन्देश रोक्न र सेवा सुविधालाई सहज र पारदर्शी बनाउन अभियान सुरु गरिएको यातायात व्यवस्था कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया