के होला पोखरामा प्याराग्लाइडिङ्ग कम्पनीको भविष्य ?

शारदा भण्डारी
पोखरा–बैशाख ५ । पोखरामा अबको चार बर्ष भित्र क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने लगभग पक्कापक्की भएपछि पोखरामा सञ्चालित प्याराग्लाइडिङ्ग कम्पनीको व्यवस्थापन कसरी हुन्छ भन्ने सवाल उठ्न थालेको छ । अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि जाहज हाइट लिने बेला र ल्याण्ड गर्ने समयमा निश्चित ठाउँसम्मको एरिया आवश्यक पर्ने भएकाले प्याराग्लाइडिङ्ग कम्पनी यथावत अवस्थामा रहने वा नरहनेPara 2 भन्ने कुरा सवला उठ्न थालेको हो । हुन त संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अहिलेसम्म यस बारे आधिकारिक धारणा भन्ने सार्वजविक गरेको छैन । प्याराग्लाडिङ्ग खेल पनि आकाशमा खेलिने भएकाले यसले हवाई उडानमा समस्या पार्न सक्ने प्राविधिकहरूको भनाइ छ । अहिले पोखरामा ५० भन्दा बढि प्याराग्लाइडिङ कम्पनीहरू सञ्चालनमा छन् । पोखराको सराङ्कोटलाई विश्वकै उत्कृष्ठ प्याराग्लाइडिङ खेल हुने ठाउँको रूपमा पनि लिइन्छ । अहिले पोखरा घुम्नका लागि जाने धरै पर्यटकको रूचीको विषय प्याराग्लाइparagliding-adventure7डिङ पनि हो । अन्तर्राष्ट्रिय विमानस्थल बन्न अझै आधा दशक कुनुपर्ने भएकाले पनि अहिले आवश्यक अध्ययन अनुसन्धान भइसेको छैन । तर पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ कम्पनी हट्न सक्ने हल्ला चलेपछि केही सञ्चालकहरूले कास्कीकोट, स्याङ्जा लगायतका ठाउँहरूमा प्याराग्लाइडिङ्ग लागि भन्दै जग्गा समेत किनीसकेका छन् ।

तपाईको प्रतिक्रिया