शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको आग्रह
विराटनगर–वैशाख ५ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाका अधिकार संविधानमा उल्लेख भइसकेकाले यसलाई कार्यान्वयनका लागि सबैलाई लाग्नुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुुपर्ने र शिक्षकहरु कक्षा कोठामै विद्यार्थीलाई पढाउन अग्रसर रहनुपर्ने स्पष्ट पार्नुभयो । शिक्षा विधेयकको आठौँ संशोधन अन्तिम अवस्थामा रहेको बताउँदै उहाँले संसद् अधिवेशन सुरु भएपछि यस विषयमा छलफल हुने जानकारी गराउनुभयो ।
विद्यार्थीबीच पुस्तक वितरण कार्यक्रम आजदेखि सुरु भई वैशाख १५ गतेसम्म जारी रहने उल्लेख गर्दै उहाँले कतिपय विद्यालयले पुराना पुस्तक वितरण गरी बिल पेस गर्ने कार्य विगतमा गरेको जानकारी आएकाले अब त्यस्ता कार्य गर्ने विद्यालय कारबाहीमा पर्ने स्पष्ट पार्नुभयो । समयमा कागज उपलब्ध नभएकाले किताब छाप्नमा केही ढिलाइ भए पनि वैशाख १५ गतेसम्ममा झापा, मोरङ, सुनसरी लगायत सबै ठाउँमा किताब उपलब्ध हुने जिकिर उहाँले गर्नुभयो ।
निजी विद्यालयका पुस्तक महँगो मूल्यमा बिक्री भइरहेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले दुई तिहाइ अभिभावकको सहमतिमा निजी विद्यालयले मात्र शुल्क बढाउन पाउने र पुस्तकको मूल्य चर्को भएका सम्बन्धमा छानबिन गरिने बताउनुभयो । रासस