सिन्धुपाल्चोक– बैशाख ५ । भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको नेपाल चीनको महत्वपूर्ण व्यापारिक नाका तातोपानी नाका सञ्चालनमा आएको छ ।
करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि अस्थायीरुपमा नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताउनुभयो ।
गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका थिए । । दुई हप्ताभित्र सबै सामान नेपाल आइपुग्ने र सबै सामान नेपाल भित्रिदा तीन करोडसम्म राजस्व सङ्कलन हुनसक्ने अपेक्षा भन्सार कार्यालयको छ ।