शरद र विनोदको शानदार प्रदर्शन, नेपालको पोल्टामा पहिलो जीत

काठमाडौँ–बैशाख ४ । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । vlcsnap-2016-04-16-21h33m30s636
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा शरद र विनोदले अविजित रहँदै ८४ रनको साझेदारी गरेपछि नेपाले जीत हात पारेको हो । नेपालको धर्मराएको इनिङ यीनै ब्याट्सम्यान द्धयले उकासेका थिए । नेपालले महत्वपूर्ण पाँचौँ विकेट गुमाएपछि सातौँ ब्याट्सम्यानका रुपमा क्रिजमा आएका विनोदले तीन छक्का र एक चौकाको मद्दतमा ४९ बल खेल्दै ४० रन बनाए ।vlcsnap-2016-04-16-21h35m20s246
यस्तै, तेस्रो ब्याट्सम्यानका रुपमा आएका शरदले ९९ बल खेल्दै तीन चौकाको सहयोगमा ५० रन सहित अर्धशतक पूरा गरे । नामिबियाले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १७ बल बाँकी छँदै अर्थात् ४७ दशमलव १ ओभरमा मात्र पाँच विकेट गुमाएर भेट्टायो । शरद र विनोदबाहेक नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले २१\२१ रन बनाए । नरेश बुढाएरले १६, राजेश पुलामीमगरले ९ तथा राजु रिजालले ६ रनको योजदान दिए ।vlcsnap-2016-04-16-21h34m32s620

यसअघि, टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । नामिवियाका सारेल बर्गरले सर्वाधिक ३८ रन बनाए । नामिवियालाई सामान्य रनको स्कोरमा समेट्न नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामीले दुई तथा कप्तान पारस र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । नामिबियाका बर्गर र गेरी स्यानम्यानले दुई–दुई विकेट लिए पनि आफ्नो टिमको हार रोक्न सकेनन । vlcsnap-2016-04-16-21h33m45s932
खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको पहिलो जितले नयाँ वर्षमा नेपाली क्रिकेटमा नयाँ सुरुवात भएको बताएका थिए । मेहनत गरेर कठिन जित निकालेको बताउँदै कप्तान खड्काले पाँच विकेटको जित सहज देखिए पनि यसका लागि धेरै ठूलो संघर्ष गर्नुपरेको बताए ।

खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ट व्यक्तिसहित करिब ४० हजार दर्शकको उपस्थिति किर्तिपुरमा थियो । नेपाल र नामिबियाबीचको अर्को खेल आगामी सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया