भूकम्पको त्रास अझै यथावत : देउवा

काठमाडौँ–वैशाख ४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै भूकम्पीय त्रास बाँकि रहेको टिप्पणी गर्नुभएको छ । Ser-Bahadur-Deuba-400x255
नेपाली काँग्रेस पाल्पा काठमाडौँ सम्पर्क समितिको दोस्रो अधिवेशनमा बोल्दै सभापति देउवाले भूकम्प गएको एकवर्ष बित्न लाग्दा समेत सरकारले पीडितलाई पुनःस्थापित गराउन नसकेको भन्दै त्रासदी बाँकि नै रहेको बताउनुभएको हो । अझै पनि कष्टकर जीवन बिताउन बाध्य रहेका सर्वसाधारणले भूकम्पको पीडाबाट मुक्ति नपाएको देउवाको दाबी थियो ।
सविधान कार्यान्वयनमा समस्या रहेको बताउदैँ देउवाले मधेस समस्यालाई समाधान नगरिकन अन्य समस्या समाधन नहुने तर्क गर्नूभयो । उहाँले सबैलाई एक बनाएर सङ्गठनलाई बलियो बनाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको थियो ।

कार्यक्रममा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, युवा नेता गगन थापा लगायतले संविधान कार्यान्वयनमा राजनीतिक समस्या रहेकाले त्यसको समाधान गर्दै अघि बढ्नुपर्ने धाणा राखेका थिए ।

तपाईको प्रतिक्रिया