सरकारले अपेक्षाकृत सफलता पाउन सकेन : राणा

काठमाडौँ–बैशाख ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता ले भूकम्पपछिको पुनःनिर्माण, कालोबजारी नियन्त्रण र आन्दोलनरत दलसँगको वार्ता निष्कर्षमा पु¥याउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । Ps1
नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा नेता राणाले असजिलो परिस्थितिमा अघि बढिरहेको देशलाई निकास दिन सरकारले भुमिका खेल्न नसकेको भन्दै आलोचना गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट ठूलो परिमाणको रकम सहयोगको प्रतिबद्धता भए पनि भूकम्प गएको एक वर्ष पुग्दासमेत कुनै काम अघि बढ्न नसक्नु दयनीय परिस्थिति भएको बताउनुभयो ।
विसं १९९० को महाभूकम्प गएको तीन महिनाभित्रै स्वदेशी पुँजी सङ्कलन गरी पुनःनिर्माणको कार्यथालनी गरी चार वर्षभित्र सम्पूर्ण काम पुरा भएको स्मरण गराउँदै उहाँले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कार्यकारी नियुक्तिको राजनीतिक भागबण्डामै प्रमुख दलहरु अल्झिनु जनताप्रतिको वेवास्था भएको बताउनुभयो ।
मधेशी आदिवासी लागायते उठाएका मागलाई सम्बोधन गर्न लचिलो भएर प्रस्तुत हुन सरकारलाई नेता राणाले सुझाब समेत दिनुभएको थियो । उहाँले सरकार जिम्मेवार भएर देश र जनताको पक्षमा दरिलो रुपमा उभिनुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया