‘गाजलु’को ट्रेलर सार्वजनिक

काठमाडौं–बैशाख । चलचित्र ‘गाजलु’को ट्रेलर रिलिज भएको छ । रोहित अधिकारीद्धारा निर्मित यो चलचित्रको गीत र फस्टलुक भने यस अघि नै सार्वजनिक भैसकेको थियो ।salon-shristhi-and-anmol-660x330

यो चलचित्र रिलिजका लागि जेठ २८ गतेको समय तय भएको छ । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको केमेष्ट्रीका कारण यो चलचित्र दर्शकको प्रतिक्षा बनेको छ । निर्देशक हेमराज वीसी र नायक अनमोल केसी तेश्रो पटक एउटै प्रोजेक्टमा देखापरेका छन् ।
सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान चलचित्रका मुख्य कलाकारका रुपमा छन् । तर, ट्रेलरमा अनमोल र श्रृष्टीलाई मूख्य फोकस गरिएको छ । कुमारी, श्रृष्टी र अनमोलको प्रेम र अवरोधलाई केन्द्रित गरेर ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ब्यापारका लागि भने केही साता कुर्नैपर्छ ।

Published On:  458पटक हेरिएको

तपाईको प्रतिक्रिया