८५ प्रतिशत जनताको माग हो, हिन्दू राज्य नेपाल : कोइराला

चितवन–बैशाख ४ । काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ८५ प्रतिशत जनताको चाहना हिन्दू राज्य नेपाल कायम होस भन्ने रहेको भन्दै धर्मनिरपेक्षताका नाममा सङ्घीयता र गणतन्त्रलाई धरापमा पर्न नहुने बताउँनुभएको छ ।Dr-Shekhar-koirala
नेपाल प्रेस युनियन चितवनले शनिबार गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले ८५ प्रतिशत जनताको अभिमत अनुसार हिन्दू राज्य अहिलेको आवश्यकता हुने बताउँनुभएको हो । यस्तै, नेता कोइरालाले संसदीय व्यवस्थामा प्रमुख दुई ठूला दल एउटै सरकारमा रहन नहुने बताउनुदै काँग्रेस समेत सरकारमा सहभागी भए  भ्रष्टाचार, कालोबजारी र कुशासन अझ बढ्ने जिकिर गर्नुभयो ।

उहाँले मधेसी, आदिवासी÷जनजाति लगायतको बाँकी जायज माग सम्बोधन नभई काँग्रेस सरकारमा जानुको अर्थ नहुने बताउँनुभयो । पार्टी अहिले सङ्गठनलाई चुस्तदुरुस्त बनाउने काममा लाग्नुपर्ने भन्दै नेता कोइरालाले सुशासन र जनतालाई राहत तथा सहुलियत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया