थोराङपासमा पर्यटक आवास गृह सञ्चालनमा

मुस्ताङ–बैशाख ४ । राउण्ड अन्नपूर्ण पदमार्गको थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सुविधा भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डले रु ४० लाख खर्चेर सेल्टर निर्माण गरेपछि यस क्षेत्रमा पुग्ने पर्यटकलाई सुविधा भएको हो ।Annapurna-Rescue-1.jpg

एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा अधिकाँश पदयात्रीको समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्ने चाहना बाँस अभावमा कठिन थियो । जिल्ला विकास समिति मुस्ताङले मनाङ र मुस्ताङको सिमानामा अवस्थित थोराङ क्षेत्रमा आवश्यकताको आधारमा दुईवटा सेल्टर निर्माण गरिएको र यो आवासले पदयात्रीको बसाई सहज भएको जनाएको छ ।
विश्राम, आवश्यक लत्ताकपडा र खाद्यान्न राख्न तथा प्रतिकूल मौसमको समयमा बास समेत बस्न मिल्ने ठाउँ पाएपछि पर्यटकहरु उत्साहित भएका छन् । बेमौसमी हिमपातले यसअघि थोराङ क्षेत्रमा विदेशी पर्यटक र नेपाली गाइड तथा भरियाले ज्यान गुमाएका थिए । सेल्टर बनेपछि हिमपातका कारण हुँदै आएको मानवीय क्षति कम हुँने अपे्रक्षा गरिएको छ ।
बोर्ड तथा मन्त्रालयबाट पक्की घरका लागि भन्दै बजेट निकासा भएपनि तत्काल सम्भव नभएको कारण देखाउँदै टिन र फलामको सहायताले अस्थायी आवासगृह निर्माण गरि सञ्चालनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया