अगामी असोजमा चीन राष्ट्रपति नेपाल आउने

बैशाख ४ । चिनियाँ राष्ट्रपति सी जिन पिङले आगामी अक्टोबरको पहिलो साता नेपाल भ्रमण आउने कार्यक्रम तय भएको छ । राष्ट्रपति सीले आगामी अक्टोबर २ तारिख (असोज १६ गते) मा नेपाल भ्रमण गर्ने सम्भावना उच्च रहेको चिनियाँ परराष्ट्र स्रोतले जनाएको हो । छिमेकी राष्ट्र भारतको गोआमा आयोजना गरिने ब्रिक्स शिखर सम्मेलनअघि नै राष्ट्रपxi-jinping_2399584kति सीले नेपाल भ्रमण गर्ने संकेत चीनको परराष्ट्र मन्त्रालयले यसअघि नै गरेको थियो । चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले सन् २०१६ भित्र चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भए पनि मिति तय नभएको उल्लेख गर्नुभयो ।

Published On:  314पटक हेरिएको

तपाईको प्रतिक्रिया