छिमेकी राष्ट्रले नेपालमा हस्तक्षेप गरे : चित्रबहादुर केसी

काठमाडौं–बैशाख ३ । उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले छिमेकी राष्ट्रले नेपालको संविधान र राष्ट्रियताप्रति हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा उप्रधानमन्त्री केसीले अहिले पनि छिमेकी राष्ट्रले संविधान कार्यान्वयन हुन नदिन तथा राष्ट्रियताका अन्य विषयमा हस्तक्षेप जारी राखेको आरोप लगाउनुभएको हो । उहाँले भारतले काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग कब्जा गर्ने रणनीतिमा लागेको पनि आरोप लगाउनुभयो । संघीयताले देशकै अस्तित्व संकटमा परेको भन्दै केही राजनीतिक दल र नेताहरू लोकतन्त्र, धर्मनिरपेक्षता अन्त्य गर्ने खेलमा लागिरहेको मन्त्री केसीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया