पाँच मध्ये तीन सर्वोच्च पदमा महिला नेतृत्वमा

बैशाख ३ । महिला पनि नेतृत्वमा पुग्न सक्छन् भन्ने कुराको पुष्टि पछिल्ला समयमा भएका घटनाले पुष्टि गर्छन । दास्रो संविधानसभाबाट संविधान जारी भए लगत्तै भएको राष्ट्रपति चुनाव तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवि भण्डारीले जितेर आफूलाई सर्वोच्च पद राष्ट्रपतिमा उभ्याउन सफल हुनुभयो । त्यसपछि लगत्तै एमाओवादी नेतृ ओनसरी घर्ती व्यवस्थापिका संसदको सभामुख पदमा निर्वाचित हुनुभयो । विहीबार मात्रै सवोच्च अदालतकी बरिष्ठ न्

President-Bidhya-Devi-Bhandari-610x370

यायाधीश सुसिला कार्कीले न्यायालय इतिहासमै पहिलो पटक कायममुकायम प्रधानन्यायाधीको पदको सम्हाल्नुभयो । हुनत उहाँ अप्रत्याशीत रूपमा नभई रोल क्रमअनुसार नै प्रधानन्यायाधीशको पदमा पुग्नुभएको हो । योसँगै अहिले राज्यका तीन सर्वोच्च निकायको नेतृत्वमा महिला पुगेका छन् । राज्य तीन ठूला पदमा एकै पटक र पहिलो पटक महिला नेतृत्वमा रहेको यो घटना नेपालका लागि पहिलो पनि हो । राष्ट्रपति, सभामुख

????????????????????????????????????

र प्रधानन्यायाधीश पद राज्यका प्रमुख पाँच पदमध्येका तीन पद हुन् । राजनीतिक चेतनाको स्तर बृद्धिका साथै आ–आफ्नो क्षेत्रमा पुर्‍याएको योगदान र मिहिनेतका कारण महिला नेतृत्व सम्हाल्ने तह पुग्न सफल भएको सर्वसाधारणको बुझाइ छ । देशमा बदलिएको परिस्थितिको सूचकले महिलाप्रतिको धारणा परिवर्तन हुँदै गonsari-gharti-magar-final1_medएको पनि सर्वसाधारणले बताउँछन् । कतिपयले महिला नेतृत्वमा आउनुलाई विश्व समुदायमा नेपालको संवैधानिक उपलब्धि चिनाउने एउटा माध्यमको रुपमा पनि लिएका छन् ।

तपाईको प्रतिक्रिया