रामनवमी मनाइदै

काठमाडौं–बैशाख २ । मर्यादा पुरुषोत्तम रामचन्द्रको पूजाआजा गरी आज चैत्र शुक्ल नवमी अर्थात् रामनवमी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रूपमा आजकै दिन रामचन्द्रको जन्म भएको अवसरमा रामनवमी मनाइन्छ । आज देशभरका राममन्दिरमा श्रद्धालुले पूजापाठ गरेका छन् । यसैअवसरमा जनकपुरका साथै भारतको अयोध्यामा रामलीला प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै, काठमाडौंको बत्तिसपुतलीस्थित रामचन्द्र मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

तपाईको प्रतिक्रिया