आपूर्ति सहज बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं–बैशाख ३ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आपूर्ति व्यवस्था तत्काल सहज पार्ने भूमिका खेल्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । उपत्यका विशेष सुरक्षासम्बन्धी गोष्ठीमा गृहमन्त्री बस्नेतले आपूर्ति सहज भएपनि कालोबजारी र वितरण व्यवस्थापन चुस्त हुन नसकेको भन्दै सहज वातावरण बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको हो । उहाँले आपूर्ति सहज हुँदा पनि कालोबजारीका कारण अहिले पनि जनतालाई लाइनमा बस्नुपर्ने बाध्यता रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभयो । गृहमन्त्री बस्नेतले परिर्वतन आयो भनेर कुरा गर्दै हिडेर मात्र नहुने भन्दै जनतालाई परिर्वतनको प्रत्यक्ष अनुभूति हुने गरी काम गर्नसमेत निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया