गोसाइँकुण्ड पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

रसुवा–बैशाख २ । भूकम्पपछिको पुनःनिर्माण सुरु भएसँगै गोसाइँकुण्ड लगायतका हिमाली क्षेत्रको अवलोकन गर्ने पर्यटकको संख्या बढ्न थालेको छ ।Looking langtang

हिमाली प्रकृतिको अवलोकन गर्न गोसाइँकुण्ड पुग्ने पर्यटकको आगमन वृद्धिले पर्यटकको आगमन यो बर्षमा बढ्ने संकेत मिलेको हो । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नयाँ वर्ष–२०७३ को पहिलो दिन नै ७० पर्यटक निकुञ्ज क्षेत्रमा आएको भन्दै पर्यटकको सङ्ख्या निकै वृद्धि हुने अपेक्षा गर्नुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म दुई हजार ५ सय २३ पर्यटक आएकोमा तीमध्ये सार्कबाट ३१ र अन्य देशबाट एक हजार ५सय ४८ थिए । चैततको विवरण भने सङ्कलन भइरहेको छ । विगत वर्ष १७ हजार र गत वर्षको वैशाख ११ गतेसम्म १४ हजार पर्यटक गोसाइँकुण्ड पुगेको प्रमुख संरक्षण अधिकृत आचार्यले बताउँनुभयो ।
लाङ्टाङ व्यवस्थापन तथा पुनःनिर्माण समितिका अध्यक्ष पेम्बा लामाले स्याफ्रुबेँसीदेखि लाङ्टाङ खोला किनार र वृद्धिम हुँदै शेर्पा गाउँ रिम्चे, लाङ्टाङ, क्यानजेनसम्म सबै पदमार्ग मर्मत भइसकेको भन्दै अब ठाउँ ठाउँमा होटेल खुलाएर पर्यटकलाई सुविधा दिने बताउँनुभयो ।

Published On:  528पटक हेरिएको

तपाईको प्रतिक्रिया