नामिबियाको राष्ट्रिय क्रिकेट टोली काठमाडौंमा

काठमाडौँ बैशाख २ । नामिबियाको राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन भन्दै नेपाल आइपुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने प्रतियोगितामा सहभागिता जनाउन १७ सदस्यीय नामिबियाको टोली बिहिबार नेपाल आएको हो । नामिबियाका क्रिकेटरहरुलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट सङ्घ क्यान ले जानकारि दिएको छ ।
नेपाल र नामिबियाको खेललाई निकै महत्वका साथ हेरिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुवै खेल जित्नुपर्ने दबाब छ । यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बन्ने छ ।
प्रतियोगितामा सहभागी आठ राष्ट्र मध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने छन् । प्रतियोगितामा यसअघि नै चार खेल खेलेको नेपाल हार व्यहोर्दै अङ्कविहीन छ भने नामिबियाको दुई अङ्क छ । नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

Published On:  435पटक हेरिएको

तपाईको प्रतिक्रिया