दाङमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

दाङ–बैशाख २ । दाङको तुलसीपुर नगरपालिका १, राम्रीमा पल्टिंदा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ त २५५८ नम्बरको ट्र्याक्टर गएराति तुलसीपुर नगरपालिका १, राम्रीमा पल्टिंदा चालक र सहचालकको मृत्यु भएको हो । मृतकहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । राति साढे ९ बजेतिर दुर्घटना भएको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले एक जना घाइतेलाई भेट्टाएको थियो । घाइतेको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा र्पुयाएको आधा घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया