पोखरा पुगेर गच्छदारले भने जय नेपाल काङग्रेसको मात्रै हैन

बैशाख १, कास्की ।
चिनियाँ सहयोगमा पोखरामा बन्न लागेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम लोकत्रान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले जय नेपाल नेपाली काङग्रेसको मात्रै नभएर सबै नेपाली जनाताको भएको बताएका छन् ।

उनले आफुलाई धेरैले जय नेपालले सम्बोधन गरेकोमा खुशी लागेको बताउदै आफुले संबिधान Bijay-Gachhadarनिमार्णमा लागी पार्टीगत स्वर्थभन्दा माथी उठी योगदान गरेकोमा गर्व लागेको बताए।
प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको विमानस्थल शिलान्यास कार्यक्रममा बोल्दै गच्छेदार भने “तराइलाई हिमाल र पाहाडसगँ छुट्टाएर एक प्रदेश बनाउ
न हुदैन भनेर भन्ने पहिलो ब्यक्ती मै हुँ । मैले सबिंधान निमार्णका लागी पार्टीगत स्वार्थ भन्दा माथी उठ्दा मधेसमा मलाई मधेसीहरु र थारुको माग छाडेर पाहाडीहरुको पछी लागेको आरोप लाग्ने गरेको छ ।”

साथै उनले मधेसकाे समस्या तत्काल समाधान नभए बाराकाे निजगणमा बन्न लागेकाे विमानस्थल याेजना प्रभावित हुनेसक्ने बताएका छन् ।

Published On:  405पटक हेरिएको

तपाईको प्रतिक्रिया