अब जनतालाई दुःख नदिई सिंहदरबार केन्द्रीत आन्दोलन : महतो

काठमाडौं १ वैशाख । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन सीमा नाका अबरोध गर्ने खालको नहुने बताउनुभएको छ । Rajendra-Mahato
काठमाडौंमा आज भएको साक्षात्कारमा सद्भावना अध्यक्ष महतोले नाकाबन्दीको आन्दोलनले सरकारलाई भन्दाबढी जनतालाई सास्ती दिएको स्विकार गर्दै बैशाख ६ पछिको आन्दोलनबाट नाका अवरोध नहुने बताउनुभएको हो । उहाँले नाकाबन्दी र जनतालाई दुःख दिने काम नगर्ने दाबी गर्दै आन्दोलन सिंहदरबार केन्द्रीत हुने दाबी गर्नुभयो ।

मधेस केन्द्रीत आन्दोलन गर्दा गलत आक्षेप लागेको भन्दै उहाँले अब सिंहदरबारहुँदै देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने बताउनुभएको थियो । महतोले अब हुने आन्दोलनले सरकारलार्इ घुँडा टेकाएर छाड्ने दाबी गर्दै संविधान संशोधन नभएसम्म जनतालाई दुःख नदिई आन्दोलन गरिरहने दाबी गर्नुभएको थियो ।
प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनबारे टिप्पणी गर्दै महतोले ओलीको सम्बोधन बकवास मधेश र देशलाई राहत तथा सुविधाको लालिपप मात्रै भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया