आन्दोलनको धम्की छाडेर विकास निर्माणमा जुटौँ : प्रधानमन्त्री ओली

कास्की–१ वैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले आन्दोलन छाडेर विकास निर्माणका अभियानमा संलग्न हुन सबैलाई आह्वान गर्नुभएको छ । kp
पोखरा विमानस्थलको शिलान्यास गर्दै प्रधानमन्त्री आलीले आन्दोलन र मतभेद् छाडेर राष्ट्र निर्माणमा जुट्न सबै नेपालीलाई आह्वान गर्नुभएको हो । उहाँले पोखराको समुन्नतीको भरपर्दो आधार विमानस्थल भएको भन्दै चार वर्षमा विमानस्थल तयार हुने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले ७७ सालको वैशाखमा आफु विमानस्थल उदघाटनमा सहभागि हुने बताउनुभयो ।

नेपाल सरकार र राजनीतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले चिनियाँ निर्माण कम्पनीलाई समयमै निर्माणको कामलाई पुरा गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आन्दोलनको चेतावनी दिइरहेका मधेशी दलका नेताहरुलाई लक्षित गर्दै आन्दोलन छाडेर बाटो बनाउन, स्कुल बनाउन, हस्पिटल बनाउन सहयोग र साथ चाहिएको बताउँनुभएको थियो ।

प्रधानमन्त्री ओललिे कालो टालो बोकेर हिड्नुको अर्थ नहुने भन्दै राष्ट्रिय झण्डा बोकेर राष्ट्र निर्माणको अभियानमा सरिक हुन सबैलाई आह्वान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया