लाजिम्पाटमा गाडीको ठक्करबाट एकको मृत्यु

काठमाडौं–बैशाख १ । काठमाडौको लाजिम्पाटमा एक गाडीको ठक्करबाट पदैल यात्रुको मृत्यु भएको छ । लाजिम्पाटस्थित साङ्ग्रिला होटल अगाडि बिहान भएको सडक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा परी मृत्यु भएका यात्रीको परिचय खुल्न सकेको छैन । घटनामा संलग्न सवारी साधन घटनापछि भागेकाले त्यसको अझै पहिचान हुनसकेको छैन । करिब ४५ वर्षीय ती पुरुषलाई सेतो टोयटा गाडीले ठक्कर दिादा घटनास्थलमा उनको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईको प्रतिक्रिया