मधेशी मोर्चा वार्तामा नबस्ने

काठमाडौं–बैशाख १ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आह्वान अस्वीकार गरेको छ । मधेसी मोर्चाले माग सम्बोधन गर्न सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको र त्यो नभएको भन्दै वार्तामा नबस्ने जानकारी दिएको हो । ३५ पटकभन्दा बढी वार्ता भएपनि कुनै सहमति नभएकाले अब आन्दोलन घोषणा गर्ने तयारी गरेको मोर्चाका नेताहरुले बताएका छन् । सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठक बिहीबार बोलाइएको छ र त्यसले आन्दोलनको मिति र स्वरुप निर्धारण गर्ने छ ।

Published On:  346पटक हेरिएको

तपाईको प्रतिक्रिया