मन्दिर आगलागीका ५ अभियुक्तले गरे आत्मसमर्पण

एजेन्सी–चैत । दक्षिण भारतको केरला राज्यस्थित एक मन्दिरमा आगलागी गरेको अभियोग लागेका पाँच व्यक्तिले आत्मसमर्पण गरेका छन् ।kerala-fire-india_849434627
मन्दिरमा आगोलाग्नुपूर्व भएको आतिशबाजीमा संलग्न, त्यसको बिक्रीबितरणमा संलग्न र मन्दिरका अधिकारीसमेत तीन जनालाई प्रहरीले अनुसन्धानको दायरामा राखेको थियो ।  प्रहरीले वारेन्ट जारी गरेका पाँचै जनाले आत्मसमर्पण गरेको दिल्ली प्रहरीले जनाएको छ । गत आइतबार भएको भीषण आगलागीमा परी १०९ बढी व्यक्तिको मृत्यु भएको थियो भने अन्य ३ सय ५० भन्दा बढी घाइते भएका थिए।
भारतको केरलाराज्यको तटीय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा नयाँ वर्षको बेला आगलागी भएको थियो । आत्मसमर्पण गरेका ती पाँच व्यक्तिलाई केरला प्रहरीको अपराध शाखामा बुझाइएको स्थानीय प्रहरीले जनाएको छ ।  घटना बारे थप अनुसन्धान भइरेहको प्रहरी दाबी छ ।  एजेन्सी

तपाईको प्रतिक्रिया