इन्भेष्टमेन्टले बाढ्यो साना लगानीकर्ता सेयर

काठमाडौँ–चैत ३० । नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर दिने भएको छ ।
बैंकले मंगलबार पत्रकार सम्मेलन गरि एफपिओ सेयरमा माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब चुक्ता पुँजीimages पु¥याउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगानी गर्न आग्रह गरेको थियो ।

बैंकले दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता, ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको जनाएको छ । यस्तै, ९० देखि १८० सम्मका आवेदनकर्तालाई १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन दिनेलाई  ८.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।
एफपिओ अन्तर्गत एक लाख ६१ हजार १२० जनाले आवेदन दिएकोमा ५६ हजार ५सय ४२ जनाले रु ५० हजार भन्दा बढी रकमको सेयर माग गरेका थिए । अधिकतम दुई लाख कित्ता सेयर माग गर्ने २४ आवेदकले १७ हजार ३२ कित्ता सेयर पाएका छन् । आवेदन परेको ४६औँं दिनमा सेयर बाँडफाँड गरिएको हो ।

Published On:  415पटक हेरिएको

तपाईको प्रतिक्रिया