पोखरा कपमा एपिएफको विजय सुरुवात

कास्की–चैत ३०। शसस्त्र प्रहरीको एपिएफ क्लबले पाँचौ मनकामना केवलकार पोखरा कपमा विजय सुरुवात गरेको छ ।
पोखरामा आयोजित मंगलवारको उद्घाटन खेलमा विभागिय टिम एपिएफले नवजनजागृति युवा क्लब सिमरालाई ४ — ० को फराकिलो अन्तरले पराजीत गर्दै विजय सुरुवात गरेको हो । एपिएफको जितमा रञ्जन विष्टले ह्याट्रिक पुरा गरे । खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका विष्टले १७ औं र ४८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरे ।

एपिएफको लागि नविन लामाले ४३ औं मिनेटमा अर्को एक गोल गरेका थिए । प्रतियोगिता अवधिभर नै सिमराले गोलको अबसर पाएन । सिमरा पहिलो खेलबाटै घर फर्किएको छ । यता, विजेता एपिएफले बैशाख ४ गते अन्तिम चारको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको दोस्रो प्रि क्वाटरफाईनलमा बुधवार रुपन्देही ११ र रमपम झापाले प्रतिश्पर्धा गर्दैैछन । प्रतियोगितामा भारतीय एक टिम सहित १२ टिम सहभागि छन् ।

तपाईको प्रतिक्रिया