बढ्यो बेरुजु खर्च

काठमाडौं–चैत ३० । गत बर्षहरूको भन्दा यस बर्ष बेरूजु खर्च बढेको छ । प्रतिवेदनअनुसार उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसवर्ष सबैभन्दा बढी बेरुजु निस्किएको छ ।

त्यस्तै, अर्का उपप्रधानमन्त्री  कमल थापाले नेतृत्व गरेको स्थानीय विकास मन्त्रालय बेरुजुको सूचिमा दोस्रो नम्बरमा परेको छ । महालेखा परीक्षकको यस बर्षको प्रतिवेदन अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ९ अर्बभन्दा बढी बेरुजु देखिएको छ । स्थानीय विकास मन्त्रालयमा ७ अर्बभन्दा बढी बेरुजु देखिएको छ भने गृहमन्त्रालयमा १० र अर्थ मन्त्रालयमा ११ प्रतिशत बेरुजु देखिएको छ ।

महालेखापरिक्षकको कार्यालयले देशभरका ४ हजार ५ सय ६६ सरकारी कार्यालयको लेखा परिक्षण गरी प्रतिवेदन सार्वजिनक गरेको हो ।

तपाईको प्रतिक्रिया